FlashNepal
मंगलबार, आषाढ २३, २०८३  |  July 7, 2026

शिक्षा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् । पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्वीर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले ‘आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने ग...

निजी विद्यालयको संरक्षणमा प्रधानमन्त्री !

निजी विद्यालयको संरक्षणमा प्रधानमन्त्री !
काठमाडौं ।  केहीसमयअघि प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए निजी विद्यालय कम्पनी ऐन अनुसार यथावत हुने र गुठीको प्रावधानमा जान पर्दैन । जसबाट निजी विद्यालयका सञ्चालकहरु ढुक्क छन् गुठीमा जानु पर्दैन भनेर। शिक्षा विधेयकको ड्राफ्ट सार्वजनिक नहुँदै निजी विद्यालयका सञ्चालकहरु आन्दोलन गरेका थिए । शिक्षकहरु जायज माग राखेर महिनौं दिनसम्म आन्दोलन गर्दा पनि शिक्षकहरुको माग सम्बोधन गर्न नसक्ने सरकार उनीहरुको माग भने एकै दिनमा सम्बोधन गर...

कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको पुष्टी

कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको पुष्टी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा सम्बन्धी सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ । आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो । भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वल्र्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएको भ्रामक समाचार सामाजीक सञ्जालमा पोष्ट भए पछि राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन गरेको थ...

भारतको केआइआइटी कलेजमा दोहोरिएको घटनाको छानबिन गर्न माग

भारतको केआइआइटी कलेजमा दोहोरिएको घटनाको छानबिन गर्न माग
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले केआइआइटी कलेजमा अध्ययानरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गरेका थिए । त्यसपछि सभाअध्यक्ष दाहालले सत्य, तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । आजको बैठकक...

काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको खुलासा, छानबिन सुरू

काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको खुलासा, छानबिन सुरू
काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको खुलेको छ । परीक्षा सुरू हुनुअघि नै विद्यार्थीसम्म प्रश्नपत्र पुगेको पाइएको हो । शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वल्र्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो । यसैबीच, घटनाको जिल्ला प्रशासन कार्य...

आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र ...

सरकार–शिक्षक वार्ता सकारात्मक, आन्दोलन रोक्ने सहमति

सरकार–शिक्षक वार्ता सकारात्मक, आन्दोलन रोक्ने सहमति
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबारको वार्ता सकारात्मक भएको छ । बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । "वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ," उनले भने । मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए । सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक...

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ । काठमाडौं महानगरले एक एक सूचना जारी गरी महानगरपालिकाअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले कक्षा १ देखि १० सम्म छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा गर्नुपर्ने स्मरण गराएको छ । महा...

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने
काठमाडौँ । आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ । सोमबार रातीसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज दिउसो ३ बजे पुनः वार्ता हुने भएको हो । शिक्षामन्त्री रघुजी पन्तको सचिवालयका अनुसार शिक्षक महासंघका पदाधिकारीलाई यसबारे जानकारी गराइएको छ । शिक्षकहरुसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । हिजो राति भएको छलफलको बिषयमा शिक्षकहरुले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शि...

वार्ता सफल नभए शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी

वार्ता सफल नभए शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी
काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन् । २८ दिनदेखि आन्दोलनरत शिक्षकहरू आजको वार्ता निष्कर्षमा नपुगे गिरफ्तारी दिने तयारी गरेका हुन् । गएराति पनि सरकार र शिक्षकबीच वार्ता भएपनि निष्कर्षविहीन भएको थियो । आज हुने वार्तामा सहमति हुने सम्भावना प्रवल छ । यदी आज पनि सहमति नभए गिरफ्तारी दिने तयारी शिक्षकहरूले गरेका हुन् ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com