FlashNepal
शुक्रबार, आषाढ १९, २०८३  |  July 3, 2026

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबारको वार्ता सकारात्मक भएको छ । बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

“वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ,” उनले भने । मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए ।

सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेपछि आन्दोलनरत शिक्षकहरुले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अहिले वार्ताबाट मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागिताका लागि गएको हुनाले आन्दोलनरत शिक्षकले उनीहरुलाई पर्खिएको शिक्षा समितिका सभापति थापाले जानकारी दिएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com