FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

शिक्षा

सरकारले ऐन बनाउने वाचा गरे आन्दोलनको मोडालिटी बदल्न शिक्षकहरू तयार, कक्षा १२ को परीक्षामा पनि सामेल हुने

सरकारले ऐन बनाउने वाचा गरे आन्दोलनको मोडालिटी बदल्न शिक्षकहरू तयार, कक्षा १२ को परीक्षामा पनि सामेल हुने
काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन बन्ने विश्वासिलो प्रतिबद्धता आए आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएको छ । २७ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले सरकारबाट ऐन बन्ने विश्वासिलो आधार आउनुपर्ने बताएका हुन् । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले नेपालखबरसँग भनिन्, ‘शिक्षा मन्त्रालयले आफूहरूसँगको सहमतिको ९ बुँदे प्रस्ताव कार्यान्वयन गर्ने निर्णय र ऐन बन्ने आधार दियो भने आन्दोलन के गर्ने भनेर निर्णय गछौँ ।’ विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ...

आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी

आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी
काठमाडौँ । आन्दोलनरत शिक्षकले २७ औं दिनमा पनि आफ्नो आन्दोलन जारी राखेका छन्। सामेबार पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । शिक्षकहरुको आइतबारको प्रदर्शन भने हिंसात्मक बनेको थियो । प्रदर्शनमा प्रहरी दमन समेत भएको थियो । शिक्षक महासंघले प्रहरी दमनका कारण ६२ जना शिक्षक घाइते भएको बताएको थियो । त्यस्तै प्रदर्शनमा प्राइम टेलिभिजनकी प्रत्रकार सविना कार्की पनि घाइते भएकी थिइन् । आज भने शिक्षकहरुको प्रदर्शन तुलनात्मकरुपमा शान्त देखिएको छ ।

शिक्षक महासंघको आकस्मिक बैठकले भन्यो– आन्दोलनमा घुसपैठ भयो

शिक्षक महासंघको आकस्मिक बैठकले भन्यो– आन्दोलनमा घुसपैठ भयो
काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण झडपको स्थिति सिर्जना भएको महासंघको भनाइ छ । नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको जिकिर गरे । “शान्तिपूर्ण शिक्षक आन्दोलन भाड्नका लागि घुसपैठ भएको छ । घुसपैठ गर्ने दुईजनालाई प्रहरीले लाठी चार्ज गरेपछि उहाँहरूले माफी मागिसक्नुभएको छ,” राईले भने । आज बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा...

शिक्षक महासंघले स्थानीय तहलाई भन्योः आन्दोलनमा रहेका शिक्षकलाई नधम्क्याउनु

शिक्षक महासंघले स्थानीय तहलाई भन्योः आन्दोलनमा रहेका शिक्षकलाई नधम्क्याउनु
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ । महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो । आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । २०...

निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि पानीको फोहरा

निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि पानीको फोहरा
काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हानेको छ । सोक्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए । शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो । शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् ।

भोलि बिहान सरकार र शिक्षकबीच वार्ता हुने

भोलि बिहान सरकार र शिक्षकबीच वार्ता हुने
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान वार्ता हुने भएको छ । भोलि बिहान साढे सात बजेका लागि वार्ताको समय तय गरिएको हो । यसअघि आज वार्ताका लागि शिक्षकहरूलाई डाकिएको भएपनि शिक्षा मन्त्रालयले ढिलो गर्दा शिक्षकहरू सिंहदरबारको गेटबाटै फर्किएका थिए ।

शिक्षामन्त्रीले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा बोलाए

शिक्षामन्त्रीले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा बोलाए
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूसँग संवाद गरी समाधान खोज्न तत्पर रहेको जनाउँदै वार्ताका लागि नेपाल शिक्षक महासंघलाई औपचारिक आह्वान गरेको छ। मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडै पारित होस् भन्ने मागसहित भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभामा छलफलको प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकलाई सम...

शिक्षक आन्दोलन आज पनि जारी

शिक्षक आन्दोलन आज पनि जारी
काठमाडौं । काठमाडौंको सडक केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहनेछ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति...

गाउँपालिका र नगरपालिकाहरूको थ्रेटः अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न अपिल

गाउँपालिका र नगरपालिकाहरूको थ्रेटः अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न अपिल
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न आन्दोलनरत शिक्षकलाई अनुरोध गरेका छन् । गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना ठप्प भएको, विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको, एसइईको उत्तरपुस्तिका परीक्षण हुन नसकेको, समयमा नै कक्षा १२ को परीक्षा हुन नसक्दा विद्य...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com