FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौँ । आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ । सोमबार रातीसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज दिउसो ३ बजे पुनः वार्ता हुने भएको हो ।

शिक्षामन्त्री रघुजी पन्तको सचिवालयका अनुसार शिक्षक महासंघका पदाधिकारीलाई यसबारे जानकारी गराइएको छ । शिक्षकहरुसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

हिजो राति भएको छलफलको बिषयमा शिक्षकहरुले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । शिक्षकको माग पुरा गर्न ८ अर्ब बढी रकम खर्च हुने बिषयमा शिक्षा मन्त्रालय सहमत हुन नसक्दा सोमवार बसेको बैठक निष्कर्षमा पुग्न नसकेको जनाईएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com