सरकारको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरु असन्तुष्ट, नयाँपन केही नआएको प्रतिपक्षीको टिप्पणी
काठमाडौं । आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि देखाउँदै सांसदहरुले नयाँपन केही नआएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी नेताहरुले मात्रै असन्तुष्टि जनाएका छैनन्, सत्तापक्षका नेताहरुकै चित्त बुझेको छैन ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको बताए । संघीय संसद् परिस...