FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । सरकारले आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने घोषणा गर्दै सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा यसको घोषणा गरेका हुन् ।
“योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गरिनेछ । इन्टर्नलाई पनि स्टर्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गरिनेछ ।”

यस्तै, श्रम अडिटमार्फत आधारभूत श्रम मापदण्ड बनाउँदै दक्ष जनशक्तिको पलायन रोक्न श्रम प्रोत्साहनको अभ्यासलाइ निरन्तता दिने पनि घोषणा गरेको छ ।  “श्रम अडिटका माध्यामबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ, “दक्ष जनशक्ति पलायन रोक्न विगतमा भए गरेका, तर हाल रोकिएका श्रम प्रोत्साहनका अभ्यासलाइ निरन्तरता दिइनेछ ।”

आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको सरकारले उद्यमशीलतालाई सोदेशमै रोजगारी सिर्जना गर्ने आधार बनाएको छ ।  “देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ, “आगामी दशकलाई युवा रोजगारी दशका रूपमा मनाइनेछ ।”

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com