पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सचेत, मन्त्रालयले भन्यो– निरन्तर सम्पर्कमा छौँ
काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि परराष्ट्रले शुक्रबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
“हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” पर...