FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले पाकिस्तानी दूतावासमा पनि प्रदर्शन गरेका छन् । कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले महाराजगंजस्थित पाकिस्तानी दूतावासअघि भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजदूतमार्फत पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर दुई देशको युद्ध अन्त्य गर्न आग्रह समेत गरेका छन् । मानवअधिकारकर्मीहरुले दक्षिण एशियालाई युद्ध मुक्त क्षेत्र बनाउन आग्रह समेत गरेका छन् ।

मानव अधिकारकर्मीहरुले पछिल्लो चरणमा दक्षिण एशियाका दुई राष्ट्रहरु भारत र पाकिस्तानबीच बढ्दो तनाव र झडप दक्षिण एशियाका लागि मात्र नभएर विश्व शान्तिकै लागि चिन्ता र खतराको विषय भएको बताउँदै भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न, विद्यमान तनाव मत्थर पार्न र शान्ति प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् ।

उनीहरुले युद्ध रोक्नुपर्ने भन्दै ब्यानरसहित पाकिस्तानी दूतावासमा धर्ना दिइरहेका छन् । यसअघि मानवअधिकारकर्मीहरुले लैनचौरस्थित भारतीय दूतावासमा पनि प्रदर्शन गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com