FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने भएको छ । वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम पेस गरेका थिए ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएकाले सत्तारुढ दल नेकपा एमालेले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

नीति तथा कार्यक्रममाथि अहिले प्रतिनिधि सभामा छलफल जारी छ । आइतबार सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिएर निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

 

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com