FlashNepal
बिहिबार, आषाढ ०४, २०८३  |  June 18, 2026

मुख्य समाचार

संघीय निजामती विधेयक संसदीय समितिबाट पारित

संघीय निजामती विधेयक संसदीय समितिबाट पारित
काठमाडौं । संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा शुक्रबार (जेठ २) बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको हो । विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ । फरक मत ट्रेड युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले फरक मत राखे । उनले समिति सभापति रामहरि खतिवडालाई लिखित फरक मत बुझाएका हुन् । ट्रेड युनियन दलीय ...

‘सगरमाथा संवाद’ सुरु

‘सगरमाथा संवाद’ सुरु
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारासहित आजबाट सुरु भएको कार्यक्रम यही जेठ ४ गतेसम्म हुनेछ । सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी हुने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी ...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए । बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउने पहल सुरू

साउदीमा कामविहीन भएका नेपालीलाई स्वदेश फर्काउने पहल सुरू
काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेपछि कामविहीन भएका ४६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेक...

रवीन्द्र मिश्रसँग इजलासमै बयान लिइँदै

रवीन्द्र मिश्रसँग इजलासमै बयान लिइँदै
काठमाडौं । राजावादी आन्दोलनमा भएका अराजक गतिविधिका कारण पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग आज इजलासमै बयान लिइँदै छ । रवीन्द्रसँग ‘सरकारको जवाफ देखाएर’ इजलासमै बयान लिन लागिएको हो । गत चैत १५ गते तीनकुनेमा भएको हत्या, आगजनी, तोडफोडसहितका अराजक गतिविधिको नेतृत्वकर्ताका रूपमा सोही दिन पक्राउ परेका मिश्र जिल्ला अदालतको आदेशमा म्याद थप हुँदै थुनामै छन् । उनकी श्रीमती सारिका कार्कीले काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी ...

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ
काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुदैँछ । बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन् । अध्यक्ष प्रचण्ड सहितका नेताहरू धनगढी, डडेलधुरा हुदैँ बैतडी पुगेका हुन् । यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो ।

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने संवाद कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै स...

बालेनको बोल्ड डिसिजनः फेरे ४ वटा समितिका संयोजक

बालेनको बोल्ड डिसिजनः फेरे ४ वटा समितिका संयोजक
काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विधायन समितिका संयोजक मचाराजा महर्जनको जिम्मेवारी हेरफेर गरिएको हो । काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपन...

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई सकियो, जेठ २८ गर्ने फैसला सुनाइने

संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई सकियो, जेठ २८ गर्ने फैसला सुनाइने
काठमाडौं । चार वर्षअघि ५२ जनालाई विभिन्न संवैधानिक पदमा नियुक्त गरिएको विरूद्वको रिटको सुनुवाई सकिएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो । इजलासले यही जेठ २८ गते फैसला सुनाउने मिति पनि तय गरेको छ । अदालतले त्यसअघि १६ गतेभित्र बहस नोट पेस गरिसक्न मुद्दाका पक्षहरूलाई आदेश पनि गरेको हो ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com