FlashNepal
शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026

काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विधायन समितिका संयोजक मचाराजा महर्जनको जिम्मेवारी हेरफेर गरिएको हो ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।

जस अनुसार सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापती, सुशासन समितिका संयोजक दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद कुमार राजभण्डारी र विधायन समितिका रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com