FlashNepal
बिहिबार, आषाढ ०४, २०८३  |  June 18, 2026

मुख्य समाचार

काठमाडौंमा हावाहुरीसहित पानी, विमान उडान–अवतरणमा समस्या

काठमाडौंमा हावाहुरीसहित पानी, विमान उडान–अवतरणमा समस्या
काठमाडौं । हावाहुरीका कारण काठमाडौं उपत्यकामा विमान उडान र अवतरणमा समस्या भएको छ ।  मौसम प्रतिकूल बन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ उडान र अवतरणमा समस्या भएको हो । शुक्रबार साँझ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, हावाहुरीले गर्दा उडान र अवतरणमा समस्या भएको छ । भिजिबिलिटी समस्याले गर्दा काठमाडौंबाट उड्ने र अवतरणमा समस्या भएको उनले बताए । केही जहाज आकासमा ह...

रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्चको आदेश, आजै छुटे

रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्चको आदेश, आजै छुटे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मिश्रको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनी थुनामुक्त पनि भइसकेका छन् । उनी ५०औैँ दिनमा रिहा भएका हुन् ।

सूर्यदर्शन सहकारी ठगीस् रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सूर्यदर्शन सहकारी ठगीस् रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
  पोखरा । सूर्यसहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दोस्रो दिन पनि सुनुवाइ सकिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडी बढेको हो । न्यायाधी...

प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताए । उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको बताए । भारतको लाइनमार्...

११ गतेदेखि गण्डकीको बजेट अधिवेशन, भोलिपल्टै बजेटको सिद्धान्त पेश

११ गतेदेखि गण्डकीको बजेट अधिवेशन, भोलिपल्टै बजेटको सिद्धान्त पेश
पोखरा । जेठ ११ गतेबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएको छ । चैत २६ गते सातौं अधिवेशन सकिएको थियो । सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले पनि ११ गतेबाट आठौं अधिवेशन बोलाउने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङका अनुसार १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ । प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ लिएर अहिले बजेट निर्माणको काम गरिरहेको ...

मध्यपहाडी लोकयात्रामा माओवादीः ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन

मध्यपहाडी लोकयात्रामा माओवादीः ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँग कुराकानी भएको बताए । उनले डडेलधुरामा न्यानो स्वागत पाएको सुनाए । उनले पत्रकारहरुसँग भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि...

बानेश्वरमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु

बानेश्वरमा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु
काठमाडौं । काठमाडौंको बानेश्वरमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । आज बिहान कात्यानीचोकमा बा.प्र.०१-०३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा भारतको सितामढी घर भई कात्यानीचोकमा डेरा गरी बस्दै आएका ३ वर्षीय बालक शिवांस झाको मृत्यु भएको हो । प्रहरीले गाडी र चालक काठमाडौं-३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई पत्राउ गरेको छ ।

विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ

विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका हुन् । पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेकोसहित कारण दिएर सर्वो...

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा
काठमाडौं । बिगत दुई महिना देखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ । मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी आज  न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुदैँछ । गत बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । जस अनुसा...

हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे बिदाई

हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे बिदाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com