FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । संघीय निजामती विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा शुक्रबार (जेठ २) बिहान बसेको बैठकबाट विधेयक पारित गरिएको हो ।

विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको छ । ट्रेड युनियनको अधिकार यथावत् छ ।

फरक मत
ट्रेड युनियनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले फरक मत राखे । उनले समिति सभापति रामहरि खतिवडालाई लिखित फरक मत बुझाएका हुन् । ट्रेड युनियन दलीय आधारमा बनाउन नहुने, आधिकारिक राखौँ भन्ने उनले प्रस्ताव गरेका छन् ।

उक्त विधेयक ०८० फागुन २१ गते सदनमा दर्ता गरिएको थियो । विधेयक ०८१ जेठ १५ गते संसदीय समितिमा पठाइएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com