प्रमुख सचेतकहरूसँग सभामुखको छलफलः गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडान
काठमाडौं । सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग उनले छलफल गरेका हुन् । बैठकमा बजेटमाथिको छलफल र आगामी क्यालेन्डर बनाउने विषयमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले बैठकमा सदनको अवरोध हटाउनबारे ठोस छलफल नभएको बताए ।
प्रमुख सचेतक घिमिरेले बजेट प्रस्तुतमा विपक्ष दलहरूले सहजीकरण गरेको भन्दै पारित ...