FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि सक्रियता देखाएका छन् । सभामुख घिमिरेले अहिले विभिन्न दलका प्रमुख सचेत र सचेतहरुसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् ।

हिजो (बिहीबार) बजेट ल्याउन भने विपक्षीले अवरोध गरेको थिएन । तर, अबको बैठक भने गृहमन्त्री लेखकको राजीनामा नआएसम्म चल्न नदिने उनीहरुको अडान छ । सभामुख घिमिरेले भने सदनको अवरोध हटाउने, हिजो प्रस्तुत भएको बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर तय गर्नको लागि प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com