प्रभु साहले भने, ओली र देउवा नक्कली गणतन्त्रवादी हुन्
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाईरहेको टिप्पणी गरेका छन् । अहिलेको संकट समाधानका लागि उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्न आह्वान समेत गरेका छन् ।
गणतन्त्र दिवसको सन्दर्भ आज (बिहीबार) आम जनता पार्टी (आजपा) काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त...