FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२र८३ का लागि बजेट भाषण सुरू गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् ।आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् ।

यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बजेट भाषण बाचन गर्दै अर्थमन्त्रीले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताए ।

उनले भने, ‘वर्तमान सरकार गठन हुँदा समष्टिगत पुरिसूचकले अर्थतन्त्र दबाबमा रहेको स्पष्ट थियो । तर, निरन्तरको प्रयासबाट अहिले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख बनेको छ ।’

गत वर्ष आर्थिक वृद्धिदर ३।७ प्रतिशत रहेकोमा यस वर्ष ४।६ प्रतिशत पुग्ने प्रक्षेपण उनले प्रस्तुत गरे ।

गत वर्ष उद्योग, निर्माण लगायतका क्षेत्रमा ऋणात्मक वृद्धिदर रहेकोमा यस वर्ष सबै क्षेत्रमा धनात्मक वृद्धिदर रहेको उनलले बताए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com