प्रेमीका बालिका परेपछि..बला*त्कारको आरोपमा एक युवा पक्राउ

काठमाण्डौं, श्रावण ११,
१४ वर्षिया बालिका बला*त्कारको आरोपमा काठमाण्डौंमा एक यूवा पक्राउ परेका छन् । धुम्बाराही बस्ने २३ बर्षीय प्रज्वल कार्कीलाई पक्राउ गरिएको महानगरीय बृत, सातदोबाटोले जनाएको छ । कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ धुम्बाराही बस्ने २३ वर्षीय कार्की लाई बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । फेसबुकबाट भएको चिनजान बढ्दै जाँदा शारीरिक सम्बन्ध भएको कार्कीले प्रहरीलाई बताएका छन् । कार्की परिवारले बला*त्कारमा परेको भनिएकी किशोरी उनको प्रेमिका भएको दाबी गरेको छ ।

सहमतिमै भए पनि १८ वर्षमुनि भएको शारीरिक सम्बन्धलाई कानूनमा अपराध मानिन्छ । त्यसैले मुद्दा प्रक्रिया अघि बढाएको प्रहरीको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *