काठमाण्डौं, श्रावण ११
सोमवार देखि कम्तीमा ५ दिन भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार साउन १२ देखि १६ गतेसम्म देशैभरी भारी वर्षा हुने भएको हो । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले तराई क्षेत्रमा बढी बाढी पहिरोको जोखिम रहने विभागले जनाएको छ । कम्तीमा ५ दिन बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका विभिन्न क्षेत्रमा भारी वर्षा हुने छ । आगामी १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ ।