मास्क नलगाउनेलाई कारबाही

काठमाण्डौं, श्रावण १२
घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही शुरु भएको छ । गृहमन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन दिएसंगै प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गरी कारवाही शुरु गरेको हो । लकडाउन खुलेसँगै जोखिम बढ्न सक्ने भएकाले सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढेको छ ।

भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *