FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

राजनीति

२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
काठमाडौं । जारी भएको दुई दशकसम्म पनि आधिकारीक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ । ऐन जारी भएको सूचना २०५५...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६०० रुपैयाँले वृद्धि भएर तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।

शिक्षक महासंघको बटमलाइन– विद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन रोकिँदैन

शिक्षक महासंघको बटमलाइन– विद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन रोकिँदैन
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्बाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् । उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे । त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई ...

शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी

शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी
काठमाडौं। प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसद्मा रहेको शिक्षा विधेयकबारे पार्टीको आधारिक धारणा बनाउनका लागि छलफल सुरू गरेको छ । कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि शिक्षा संसद्को उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेका असहमति र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको हो । विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौंकेन...

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाडौं । सेयर बजार एकल अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार २७.१४ अंकले बढेको नेप्से परिसूचक आज ७.०१ अंकले बढेर २६९८.९७ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशत बढ्यो । नेप्से एकल अंकले बढ्दा कारोबार रकम मंगलबारको तुलनामा भने घटेको छ । आज ३२९ स्क्रिप्सको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख २२ लाख २४१ रुपैयाँमा खरिदबिक्री भए । मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से सामान्य अंकले बढेपनि चारवटा कम्प...

मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा....

उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिदाँ नेपालबाट उपप्रमुख डंगोल मात्र चयन भएकी हुन् । डंगोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी छन् । यस समूहमा ४० वर्षभन्दा कम ...

सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको हो । यसअघि हिजो मंगलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट लिन सकिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सुचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको । परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनला...

नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सोमबारदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न सोमबारदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा सोमबारराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबारदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com