FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

राजनीति

प्रहरी जवानको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दोलखा, जिरी नपा– ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा– ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा– ५ घर भई बानेश्वर बस्मे अन्दाजी ...

शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा

शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा
काठमाडौँ । शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ । तर, देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु विगत १९ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा छन्। जसका कारण तोकिएको समयमा परीक्षा हुने र नहुने निश्चित छैन। यसबाट वि...

आन्दोलनका कारण काठमाडौँमा सर्वसाधारणलाई सास्ती

आन्दोलनका कारण काठमाडौँमा सर्वसाधारणलाई सास्ती
काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढंगले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट...

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त
काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका शिक्षक कर्मचारीहरुले आइतबार बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ । गत चैत २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले बिहान ९ बजे नै मण्डलामा जम्मा भएका हुन् ।

कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक, विश्वास नगर्न बोर्डको आग्रह

कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक, विश्वास नगर्न बोर्डको आग्रह
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै त्यस्तो सूचनाको विश्वास नगर्न आग्रह गरेको हो । बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण...

१७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती

१७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् । देशभरका शिक्षकहरू जम्मा भएर शुक्रबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहँदा भने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द...

सरकार ढल्ने हल्लाको पछाडि लाग्नुपर्दैन : प्रधानमन्त्री

सरकार ढल्ने हल्लाको पछाडि लाग्नुपर्दैन : प्रधानमन्त्री
चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्लाको पछािड नलाग्न आग्रह गरेका छन् । आज चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै प्रधानमन्त्रीले सरकार ढल्छ भन्ने हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् । नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्ने उनको भनाइ छ । उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए । ‘ढुक्कका साथ विकास निर्माणका...

सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ
काठमाडौं । डोटीमा सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका उनको गोली लागेर मृत्यु भएको हो । बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएक...

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैया ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ र...

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार
कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन् । ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com