FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको हो । यसअघि हिजो मंगलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com