FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

राजनीति

कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक-कर्मचारीहरुलाई महासंघको पत्राचार

कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक-कर्मचारीहरुलाई महासंघको पत्राचार
काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरुलाई अपिल गरेको छ । महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न न...

‘शिरफूल’ले हलबाट उठायो साढे १८ हजार रुपैयाँ

‘शिरफूल’ले हलबाट उठायो साढे १८ हजार रुपैयाँ
काठमाडौं । नेपाली चलचित्र ‘शिरफूल’ विसं। २०८१ मा सबैभन्दा थोरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । ०८१ मा रिलिज भएका ६२ वटा नेपाली चलचित्रमध्ये ‘शिरफूल’ले सबैभन्दा थोरै कलेक्सन गरेको हो । ‘शिरफूल’ले जम्मा १८ हजार ५०० रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टमा उल्लेख छ । ८९ वटा टिकट बिक्री हुँदा यो चलचित्रको कलेक्सन १८ हजार ५०० रुपैयाँ भएको तथ्यांक छ । ‘शिरफूल’ साउन १८ गते रिलिज भएको थियो । यो सँगै अर्को नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज भएको थियो ।...

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
काठमाडौं । संघीय संसदको एक समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिले आज गृहमन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो । समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

नेपाल बार एसोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजय प्रसाद मिश्र निर्वाचित

नेपाल बार एसोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजय प्रसाद मिश्र निर्वाचित
काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजय प्रसाद मिश्र विजयी भएका छन् । नेपालबार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयीभएको घोषणा गरिएको हो । बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन् । उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजितगर्दै अध्यक्ष बनेका हु...

राजु पाण्डेलाई निलम्बन गर्न महानगरका ५ कर्मचारी संगठनको माग

राजु पाण्डेलाई निलम्बन गर्न महानगरका ५ कर्मचारी संगठनको माग
काठमाडौं । काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका छन् । उनीहरूले अघि सारेको मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ । ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई...

दक्षिण सुडानका सबै नागरिकको भिजा रद्द गर्दै अमेरिका, नयाँ भिजा पनि जारी नहुने

दक्षिण सुडानका सबै नागरिकको भिजा रद्द गर्दै अमेरिका, नयाँ भिजा पनि जारी नहुने
काठमाडौं । डोनाल्ड ट्रम्प सत्ताका अधिकारीहरू बिच्किएमा कतिसम्म बिच्किन्छन् र निर्णय गर्छन् भन्ने एक नजिर बनेको छ दक्षिण सुडानसँगको सम्बन्ध । अवैध आप्रवासीहरूलाई फिर्ता लाने सवालमा दुई देशको कुरा नमिल्दा अमेरिकाले सबै दक्षिणी सुडानका नागरिकहरूको भिजा रद्द गर्ने निर्णय गरेको छ । अमेरिका त्यत्तिमै रोकिएन, अब दक्षिण सुडानका नागरिकलाई अरू थप भिजा पनि जारी नहुने भएको छ । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लेन्डाउ र विदेशमन्त्री मार्को रुबिओले भिजा रद्द गरिएको सवाल पुष्टि गर...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन बढ्यो ५७ सय रुपैयाँ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन बढ्यो ५७ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार ...

कुवेतविरुद्ध नेपालको शानदार जित

कुवेतविरुद्ध नेपालको शानदार जित
काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले कुवतेलाई ६ विकेटले हराएको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।

वायु प्रदूषण – मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या

वायु प्रदूषण – मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या
काठमाडौं । पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि विशेषगरी, आँखा र श्वासप्रश्वासमा बढी प्रभाव पार्ने चिकित्सक बताउछन् । वायु प्रदूषण बढेसँगै आँखा पोल्न, आँखा रातो हुने, चिलाउने जस्ता समस्या बढ्दो क्रममा छ । यस्तो समस्या बिहानभन्दा दिउँसो र बेलुकाको समयमा बढी देखिन्छ । रोड साइडमा काम गर्ने, पसलमा बस्ने वा धेरै धुलोको एक्स्पोज हुने मानिसमा यस्तो समस्याबाट बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन...

नेपाली राजनीति गम्भीर मोडमा जान सक्ने संकेतः वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

नेपाली राजनीति गम्भीर मोडमा जान सक्ने संकेतः वैशाख २१ सम्म हाम्रा साथीहरू रिहा नभए सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा
काठमाडौं । राजसंस्था पुनस्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई रिहा गर्न सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिएका छन् । सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने उनले घोषणा गरे । आज समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सो घोषणा गरेका हुन् । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने समेत बताए । ‘वैशाख २१ गतेसम्म नवराज सुबेदीको नजरबन्द...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com