FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

व्यापारी अमित अग्रवाल जेल चलान

व्यापारी अमित अग्रवाल जेल चलान
काठमाडौं । व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । हिजो स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि जेल चलान भएका हुन् । जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् । नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको स्तरोन्नती गर्नमा भएको ढिलाई र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतिहरुलाई विश्लेषण गर्दा यो निर्देशन अर्थपूर्ण रहेको छ। सूचना...

उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूत बासबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूत बासबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच भेटवार्ता भएको छ। बुधबार राजदूत बासले मन्त्रालय पुगेर उपप्रधानमन्त्री सिंहसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

भारतको ५ वटा लडाकु विमान खसालेको पाकिस्तानको दावी

भारतको ५ वटा लडाकु विमान खसालेको पाकिस्तानको दावी
काठमाडौं । भारतीय ५ वटा लडाकु विमान खसालिएको पाकिस्तानले दावी गरेको छ । पाकिस्तानी सेनाले तीन राफेल, एक एसयू–३०, एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालेको दावी गरेको हो । भारतीय पक्षबाट भने यसको पुष्टि भएको छैन ।

सुनको मूल्य आज पनि वृद्धि

सुनको मूल्य आज पनि वृद्धि
काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ। मंगलबार तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । गएको आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो । सुनको मूल्य हिजो प्रतितोला एक लाख ८९ हजार नौसय रुपैयाँ थियो । यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च ह...

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
मोरङ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले जेठ ४ गते अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै, बैठकले कारखाना तथा ‘वर...

चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक

चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक
काठमाडौं । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् । चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ुखेदजनकु भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ । चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दुःखद मानेको छ । हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं...

मकवानपुरमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

मकवानपुरमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्रि सडक खण्डमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएको छन् । दुर्घटनमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बलेरो अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा राक्सिराङ–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, सोही ठाउँका ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उनको श्...

प्रतिनिधिसभा बैठक- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

प्रतिनिधिसभा बैठक- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही व...

भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा

भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज  वैशाख २४ गते सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो  । प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com