FlashNepal
बुधबार, साउन २७, २०८३  |  August 12, 2026

काठमाडौँ । बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज  वैशाख २४ गते सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो  ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।

दिवसको अवसरमा आज काठमाडाौँ र हेटौँडामा विभिन्न कार्यक्रम हुँदैछन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com