FlashNepal
बुधबार, भाद्र १०, २०८३  |  August 26, 2026

काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ। मंगलबार तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । गएको आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो ।

सुनको मूल्य हिजो प्रतितोला एक लाख ८९ हजार नौसय रुपैयाँ थियो ।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कनबेच भइरहेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com