FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

राज्यको विडम्वनाः ७ सार्वजनिक संस्थान निजीकरण तयारी

राज्यको विडम्वनाः ७ सार्वजनिक संस्थान निजीकरण तयारी
काठमाडौं । सरकारले ७ सार्वजनिक संस्थान निजीकरण गर्ने तयारी गरेको छ । १५ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले अहिले रुग्ण अवस्थामा रहेका सात सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो निर्णय रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान निजीकरणमा लैजान आवश्यक प्रक्रिया अन्तर्गत अगाडि बढेको हो । अर्थ मन्त्रालयले सरकारी लगानी व्यवस्थापन कार्यविधि २०८२ स्वीकृत गरेको छ । १० वैशाख २०८२ मा कार्यविधि स्वीकृ...

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
काठमाडौं । भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ । निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध ...

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ । आजको बैठकमा पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । साथै, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत जानकारी गराइनेछ ।    

प्रचण्ड र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

प्रचण्ड र भाजपा नेता कोश्यारीबीच भेटवार्ता
काठमाडौं । भारतीय जनता पार्टीका नेता भगत सिंह कोश्यारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । आज प्रचण्ड निवासमै पुगेर कोश्यारीले प्रचण्डसँग भेट गरेका हुन् । उनीहरूबीच दुई देशबीचको सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर परिचालन

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर परिचालन
महेन्द्रनगर (धनुषा) । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका ना...

जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाड...

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान साढे ६ बजे तीनकुनेस्थित मुनिभैरबअगाडि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार नुवाकोट स्थायी घर भएकी नगिना तामाङ रहेको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक रामेछापका पदम थापा मगरको दाहिने हातमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी अपिलराज बोहराले जानक...

नेवाः देय् दबूको अध्यक्षमा सत्यनारायण डंगोलको दावेदारी, के-के छन् एजेण्डा ?

नेवाः देय् दबूको अध्यक्षमा सत्यनारायण डंगोलको दावेदारी, के-के छन् एजेण्डा ?
काठमाडौं । नेवाः देय् दबूको अध्यक्षमा सत्यनाराण डंगोलले आफ्नो शसक्त दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान महासचिव रहेको डंगोलले नेवाः देय् दबूको आठौँ केन्द्रीय महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् । नेवाः देय् दबूको युवा फाँटको संस्थापक अध्यक्षको जिम्मेवारीसँगै सचिव र महासचिवको समेत जिम्मेवारीसम्हालिसकेका डंगोलले नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृतिको राष्ट्रव्यापि प्रशिक्षण सञ्चालन गर्ने, नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृति संरक्षण तथा उत्थानका लागि राष...

नेपाल–भारत सीमा र विमानस्थलमा निगरानी बढाइने

नेपाल–भारत सीमा र विमानस्थलमा निगरानी बढाइने
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा समितिको बैठक बसेको थियो । देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थल लगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने तथा सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता...

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान
खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । ‘हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ’, ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com