FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौं । भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ ।

पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ ।

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ ।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।

एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ ।

एयर इन्डियाले बीसीएएसलाई उदृत गर्दै आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ । बीबीसी

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com