FlashNepal
सोमबार, कार्तिक १०, २०८३  |  October 26, 2026

राजनीति

राप्रपा संसदीय दलको बैठक बस्दै

राप्रपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन बानेश्वरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठक बिहान १०ः३० बजे बस्नेछ ।

महानगर विवाद उत्कर्षमाः कार्यपालिका बैठकको माग गर्दै उपमेयर डंगोलको नेतृत्वमा बुझाइयो पत्र

महानगर विवाद उत्कर्षमाः कार्यपालिका बैठकको माग गर्दै उपमेयर डंगोलको नेतृत्वमा बुझाइयो पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकको माग गर्दै उपमेयर सुनिता डंगोलको नेतृत्वमा पत्र बुझाइएको छ । उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले सात दिनभित्र कार्यपालिका बैठक माग गर्दै पत्र दर्ता गराएका हुन् । महानगरपालिकामा मेयर बालेन शाह र उपमेयर साथै वडाध्यक्षहबीच विवाद उत्कर्षमा पुगेपछि कार्यपालिका बैठक बस्न सकेको छैन ।

शेखर कोइरालासहित तीन नेतालाई कांग्रेसले स्पष्टीकरण सोध्ने पदाधिकारी बैठकको निर्णय

शेखर कोइरालासहित तीन नेतालाई कांग्रेसले स्पष्टीकरण सोध्ने पदाधिकारी बैठकको निर्णय
काठमाडौं  । सामाजिक सञ्जाल र मिडियाले आरोप लगाएकै भरमा गृहमन्त्रीको राजीनामा मागेको भन्दै डा. शेखर कोइरालामाथि सत्तारुढ नेपाली कांग्रेसभित्र प्रश्न उठेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा डा. शेखरलाई स्पष्टीकरण सोध्ने समझदारी बनेको एक नेताले जानकारी दिए । डा. शेखर भने उपत्यका बाहिर भएका कारण बैठकमा उपस्थित भएका थिएनन् । आरोप लागेको कर्मचारीमाथि समेत छानबिन सुरु नहुँदै डा. शेखरले गृहमन्त्रीको राजीनामा मा...

माओवादीमा फर्किए गंगानारायण, पाए केन्द्रीय सचिवको जिम्मेवारी

माओवादीमा फर्किए गंगानारायण, पाए केन्द्रीय सचिवको जिम्मेवारी
काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । १० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् । माओवादी छाडे नयाँ शक्ति, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर नेपाल समाजवादी पार्टी, लोसपा र नेसपा मिलेर जसपा नेपाल,जसपाब...

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको काँग्रेसको ठहर, माओवादीले भने माग्यो राजीनामा

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको काँग्रेसको ठहर, माओवादीले भने माग्यो राजीनामा
काठमाडौं । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको ठहर गरेको छ । आज बसेको पदाधिकारी बैठकले लेखक निर्दोष रहेको ठहर गर्दै राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री लेखकमाथि मिथ्या आरोप लगाइएको दावी गरेको हो । उता प्रमुख प्रतिपक्षी दल नेकपा  माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । आज बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका मन्त्री...

मौद्रिक समीक्षाः घट्यो सेयर धितो कर्जाको जोखिम भार, अन्य के-के ?

मौद्रिक समीक्षाः घट्यो सेयर धितो कर्जाको जोखिम भार, अन्य के-के ?
काठमाडौं । बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो । “बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २०८० चैतमा ३।९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५।२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकले भनेको छ । निष्क्रिय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र...

कांग्रेस पदाधिकारी बैठक ढिलो गरी सुरु

कांग्रेस पदाधिकारी बैठक  ढिलो गरी सुरु
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ढिलो गरि सुरु भएको छ । सो बैठक साेमवार बिहान ९ः०० बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ । समसमायिक राजनीतिक बिषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा बिबादमा परे पछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थाप...

राप्रपाले आज ४० बर्ष मुनिका युवासँग छलफल गर्दै

राप्रपाले आज ४० बर्ष मुनिका युवासँग छलफल गर्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ  । जेठ १५ गते देखी राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो । राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेवाट सो कार्यक्रम सुरू हुनेछ । राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका बिषयमा सो भेलामा ४० बर्ष मुनिका युवाहरूवाट ...

एमाले सरकारमा बसेर अराजकता मच्चाउँदै – राजावादी आन्दोलनलाई काउन्टर दिन जेठ १५ गते जनप्रदर्शन गर्ने तयारी

काठमाडौं । गणतन्त्र दिवसको दिन राजावादीले राजधानी कब्जा गर्ने बताइरहँदा सत्तारुढ नेकपा (एमाले)ले राजावादी आन्दोलनलाई काउन्टर दिन जेठ १५ गते नै काठमाडौंमा जनप्रदर्शनको तयारी गरेको छ । एमालेले जनप्रदर्शनका लागि जनसंगठन पदाधिकारीको बैठक राखेको छ । एमाले सरकारमा बसेर अराजकता मच्चाउँन खोजेको भन्दै तिव्र आलोचना हुने बताईएको छ । यता सत्ता साझेदार दल नेपाली कांग्रेसको समेत एमालेको अराजकतामा मुकदर्शक बनेको भन्दै आलोचना भएको छ । पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्...

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बीच आज एकता हुँदै छ । सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान साढे ११ बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम छ । गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो । पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए । त्यसपछि गंगानारायण श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका थ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com