FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । गणतन्त्र दिवसको दिन राजावादीले राजधानी कब्जा गर्ने बताइरहँदा सत्तारुढ नेकपा (एमाले)ले राजावादी आन्दोलनलाई काउन्टर दिन जेठ १५ गते नै काठमाडौंमा जनप्रदर्शनको तयारी गरेको छ । एमालेले जनप्रदर्शनका लागि जनसंगठन पदाधिकारीको बैठक राखेको छ ।

एमाले सरकारमा बसेर अराजकता मच्चाउँन खोजेको भन्दै तिव्र आलोचना हुने बताईएको छ । यता सत्ता साझेदार दल नेपाली कांग्रेसको समेत एमालेको अराजकतामा मुकदर्शक बनेको भन्दै आलोचना भएको छ ।

पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल हुने बताइएको छ । एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो ।

जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो । एमाले मुख्यालय च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, पद्मा अर्याललगायतका नेताहरु उपस्थित छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलन निस्तेज पार्न जेठ १५ गते बिहान ११ देखि अपरान्ह २ बजेसम्म काठमाडौंलाई नियन्त्रणमा लिन पार्टी पंक्तिलाई कठोर अराजक निर्देशन दिएका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com