FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ढिलो गरि सुरु भएको छ । सो बैठक साेमवार बिहान ९ः०० बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ ।

समसमायिक राजनीतिक बिषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा बिबादमा परे पछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ । क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com