FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

अन्तराष्ट्रिय

युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मेवाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव

युक्रेनसँग बार्ता गर्न पुटिन सहमत, १५ मेवाट बार्ता सुरू गर्न पुटिनको प्रस्ताव
मस्को, २८ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन् । राष्ट्रपति पुटिनले अब शान्ति बार्ताका लागि कुनै ढिलाइ नगरी आगामी मे १५ बाट बार्ता सुरू गर्नु पर्ने जनाएको छन् । ‘हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्नको लागि गम्भीर वार्ता खोज्छौं,’ उनले शनिबार राती क्रेमलिनबाट टेलिभिजनमा दुर्लभ सम्बोधनमार्फत भने। बेलायतका प्रधानमन्त्री सर केयर स्टारर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत युरोपेल...

भारतले गर्‍यो पाकिस्तानसित युद्धविराममा सहमति पुष्टि

भारतले गर्‍यो पाकिस्तानसित युद्धविराममा सहमति पुष्टि
काठमाडौं । भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ । उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो । दुई देशका महानिर्देशकले सो...

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन् । म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।

ट्रम्पको घोषणापछि भारतले पाकिस्तानसँग युद्धविरामको घोषणा गर्‍यो

ट्रम्पको घोषणापछि भारतले पाकिस्तानसँग युद्धविरामको घोषणा गर्‍यो
काठमाडौं । भारतले पनि पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गर्दै भारत युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिए । उनका अनुसार अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन् । युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ एक्समा लेख्दै...

भारत र पाकिस्तानलाई जी-७ देशहरूको अपिलः संयम बन, वार्ता गर

भारत र पाकिस्तानलाई जी-७ देशहरूको अपिलः संयम बन, वार्ता गर
काठमाडौँ । जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । यो अपिल दुई देशबीच सैन्य टकराब बढिरहेका बेला आएको हो । क्यानडाका तर्फबाट जारी विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मु कश्मीरको पहलगाममा पर्यटकलाई भएको आक्रमणको कडा निन्दा गरेका छन् । यसका साथै जी-७ देशहरूले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन् । जी-७ को विज्ञप...

पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सचेत, मन्त्रालयले भन्यो– निरन्तर सम्पर्कमा छौँ

पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सचेत, मन्त्रालयले भन्यो– निरन्तर सम्पर्कमा छौँ
काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि परराष्ट्रले शुक्रबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । “हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” पर...

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्शल तैनाथ
काठमाडौं । भारतका २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएको बीबीसीले जनाएको छ । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ । निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध ...

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधै साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प...

भारत–पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले गर्‍यो यस्तो अपिल

भारत–पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले गर्‍यो यस्तो अपिल
काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावबारे अमेरिकाले दुवै देशले एकअर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । आक्रमणले कुनै समाधान नदिने अमेरिकाको भनाइ छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा आक्रमण बन्द गर्न आग्रह गरिन् । पत्रकारको प्रश्नको जवाफमा ब्रुसले भने, “अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो । मध्यपूर्वमा युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने  प्रमाणित भइसकेको छ ।” उनले युद्ध, सेना र हिं...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्‍यो २४ वटा विमानस्थल बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्‍यो २४ वटा विमानस्थल बन्द
काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् । पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com