FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । भारतले पनि पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गर्दै भारत युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिए ।

उनका अनुसार अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन् ।

युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ एक्समा लेख्दै भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com