विश्वकै दोस्रो धनाढ्य बने मार्क जुकरबर्ग
एजेन्सी, २० असोज । फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग यतिबेला विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।
एमाजनका हाकिम जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका बर्नार्ड आर्नोलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा उनी दोस्रो स्थानमा उक्लिएका छन् ।
सूचकका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब ११ अर्ब डलर रहेको छ । उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् ।
...