FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।

भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् ।

भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।

आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधै साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री लेखकले नेपाल–भारतबीचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भाजपाका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।

भेटका अवसरमा कोश्यारीले नेपाल र भारतबीच सदियौंँदखि सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com