कश्मीरको कुपवारा पाकिस्तानको तर्फबाट गोलाबारी, भारतीय सेनाद्वारा जवाफी कारबाही
काठमाडौँ । भारतीय सेनाले चलाएको ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा गरिएको हवाई हमलापछि कुपवारामा पाकिस्तानको तर्फबाट फेरि गोलाबारी भएको छ। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको छ । पाकिस्तानी सेनाले लगातार दोस्रो रात जम्मू कश्मीरको कुपवारा जिल्लाको कर्नाह क्षेत्रमा गोलाबारी गरेको बताइएको छ । दुवैतर्फ कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन ।
यो घटनाक्रम मंगलबार बिहान करिब १ः०५ बजे भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) भित्र कथित आतङ्कवादी पूर्वाधारह...