FlashNepal
शुक्रबार, आषाढ १९, २०८३  |  July 3, 2026

काठमाडौं । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति छ ।

भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ ।

यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com