FlashNepal
शुक्रबार, आषाढ ०५, २०८३  |  June 19, 2026

मुख्य समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले नीजि निवास बूढानिलकण्ठमा बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुने उनले बताए ।

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ । आजको बैठकमा पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । साथै, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत जानकारी गराइनेछ ।    

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन्  श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको...

भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्‍यो २४ वटा विमानस्थल बन्द

भारत–पाकिस्तानबीच बढ्दो तनाव, भारतले गर्‍यो २४ वटा विमानस्थल बन्द
काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् । पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइ...

रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित २४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीस मोना सिंहको इजलासले उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूविरूद्व संगठित अपराधमा अनुसन्धान भइरहेको छ । यस्तै अदालतले अन्य ४० जनालाई भने थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूविरूद्व आपराधिक उपद्रव कसुरमा अन...

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर परिचालन

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर परिचालन
महेन्द्रनगर (धनुषा) । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका ना...

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्मा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्ति लगायत विषयमा छलफल हुनेछ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्ने

आज दुई वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरबारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा राष्ट्रि...

कश्मीरको कुपवारा पाकिस्तानको तर्फबाट गोलाबारी, भारतीय सेनाद्वारा जवाफी कारबाही

कश्मीरको कुपवारा पाकिस्तानको तर्फबाट गोलाबारी, भारतीय सेनाद्वारा जवाफी कारबाही
काठमाडौँ । भारतीय सेनाले चलाएको ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा गरिएको हवाई हमलापछि कुपवारामा पाकिस्तानको तर्फबाट फेरि गोलाबारी भएको छ। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको छ । पाकिस्तानी सेनाले लगातार दोस्रो रात जम्मू कश्मीरको कुपवारा जिल्लाको कर्नाह क्षेत्रमा गोलाबारी गरेको बताइएको छ । दुवैतर्फ कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन । यो घटनाक्रम मंगलबार बिहान करिब १ः०५ बजे भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) भित्र कथित आतङ्कवादी पूर्वाधारह...

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै
काठमाडौं । ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्र...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com