FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानको दाबीमा भारतले कुनै प्रतिक्रिया जनाएको छैन ।

समाचार एजेन्सी रोयटर्सले साझा गरेको भिडियोमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका छन्, “अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु, पाँच भारतीय विमान खसालिएको छ ।

जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन छन् ।”

यता, भारतले गरेको पत्रकार सम्मेलनमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गए राति गरिएको आक्रमणबारे जानकारी दिइएको थियो ।

भारतका विदेश सचिव विक्रम मिश्रीले सीमापार आक्रमणको जवाफ दिने आफ्नो अधिकार प्रयोग गर्दै गए राति पाकिस्तानमाथि आक्रमण गरेको बताएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com