FlashNepal
बिहिबार, आषाढ ०४, २०८३  |  June 18, 2026

मुख्य समाचार

सगरमाथा संवाद आज समापन हुँदै

सगरमाथा संवाद आज समापन हुँदै
काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज (आइतबार) समापन हुँदैछ । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडौं घोषणापत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ । सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन...

धादिङ माओवादी केन्द्रमा भाँडभैलोः पार्टी कार्यालय भवन निर्माणमा समेत आर्थिक हिनामिना

धादिङ माओवादी केन्द्रमा भाँडभैलोः पार्टी कार्यालय भवन निर्माणमा समेत आर्थिक हिनामिना
काठमाडौं । नेकपा( माओवादी केन्द्र) धादिङ जिल्ला समितिको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीको आन्तरिक विवादले नयाँ जिल्ला समिति चयन हुन सकेको छैन भने पार्टी कार्यालयको भवन निर्माणमा समेत आर्थिक अनियमितता भएको आरोप लागेको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्मकट्टेल पक्षको दबाबले गत बैशाख ३१ गतेको विस्तारित भेलाले नयाँ नेतृत्व चयन गर्न नसकेर स्थगित भएको थियो । जम्मकट्टेल पक्षले पुरानै मनराज भण्डारीलाई नै नेतृत्वमा दोहोर्याउन चाहेका छन् । अर्का नेता जगत सि...

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू–भाग, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित ...

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञ...

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा

ब्रह्माण्डको अन्त्यका बारेमा वैज्ञानिकहरूले गरे चकित पार्ने खुलासा
काठमाडौं ।  हाम्रो ब्रह्माण्ड एक दिन समाप्त हुनेछ भनेर विज्ञानले पहिले देखि नै भनिरहेको कुरा हो, यसमा धेरै बैज्ञानिकले सत्य बताउनका लागि अनेक खोज र तर्क गरेका छन । तर, यसैबिच नयाँ अध्ययनमा वैज्ञानिकहरूले यसको अन्त्यको मितिका बारेमा अचम्मको भविष्यवाणी गरेका छन् । उनीहरूका अनुसार ब्रह्माण्डको अन्त्य तब हुनेछ, जब अन्तिम ताराहरू पनि निभ्नेछ र तिनीहरूका बाँकी रहेका ब्ल्याक होल, न्यूट्रोन तारा र ह्वाइट ड्वार्फहरू पनि क्रमशः लोप हुनेछन्। वैज्ञानिकहरूले यस समयलाई १ क्विन्भिजिलियन ...

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
वासिंगटन डिसी । भेनेजुएलाका आप्रवासीहरूलाई देश निकाला गर्ने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमाथि अमेरिकी सर्वोच्च अदालतले शुक्रबार रोक लगाएको छ । धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जतिसक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो। तर, ट्रम्प प्रशासनको निर्णयलाई रोक्दै अदालतले देशबाट निकाल्नु अघि सरकारले कानुनी प्रक्रिया पूरा गर्ने अवसर दिनुपर्ने बताएको छ । अदालतले यो पनि भनेको छ क...

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर
काठमाडौं । विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।   क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट पनि धेरै पैसा कमाउँछन्। क्रिकेट म्याच खेल्नु बाहेक क्रिकेट खेलाडीहरू बिज्ञापन, ब्रान्ड एम्बेस्डर, व्यापार र उद्यमहरूसँग सम्बन्धित छन्, जसले यी खे...

आज मदन–आश्रित स्मृति दिवस मनाइँदै

आज मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर मनाइँदैछ । नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । एमालेले काठमाडौंमा विगत वर्षहरूजस्तै मदन नगर बल्खुमा स्मृति कार्यक्रम राखेको छ । स्मृति कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ...

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ
काठमाडौं । हिजो देखी काठमाडौंमा सुरू भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संबाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजो देखी सगरमाथा संबाद कार्यक्रम सुरू भएको हो । सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेवाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ बिदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् । परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा स...

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने
काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ । यस अघि सन् २०२३ अक...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com