FlashNepal
बुधबार, आषाढ ०३, २०८३  |  June 17, 2026

मुख्य समाचार

प्रतिनिधिसभा बैठक ३ः३० बजे बस्ने

प्रतिनिधिसभा बैठक ३ः३० बजे बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक अपरान्ह साढे ३ बजेलाई तय गरिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरे पछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर, गृह मन्त्री लेखकले राजिनामा नदिएसम्म सदन चल्न नदिने अडानमा बिपक्षी दल रहे पछि सुचना टाँस गरेर ३ः३० बजेका लागि बैठक तय गरिएको हो ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौंमा

न्युजिल्यान्डका उपप्रधानमन्त्री काठमाडौंमा
काठमाडौं। न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल आइपुगेका छन् । उनी दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले स्वागत गरे। उपप्रधानमन्त्री तथा विदेशमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बालुवाटार बैठकको निष्कर्ष

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बालुवाटार बैठकको निष्कर्ष
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीचको छलफलले गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका बेला तीन नेताबीचको छलफलले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो । हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको एमाले प्रमुख सचेतक...

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या
काठमाडौं । रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन्। ३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए। बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताए। ...

बानेश्वरमा विपक्षी दलको बैठक, रणनीति बनाउँदै

बानेश्वरमा विपक्षी दलको बैठक, रणनीति बनाउँदै
काठमाडौं । विपक्षी दलको बैठक जारी छ । बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यकक्षमा बैठक बसेको हो । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी छैन । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सदन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि दलहरू जुटेका हुन् ।

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए । रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।

दहीमा यी दुइका बिउ मिसाएर कपालमा लगाउनुहोस्, झर्न हुन्छ कम

दहीमा यी दुइका बिउ मिसाएर कपालमा लगाउनुहोस्, झर्न हुन्छ कम
काठमाडौं । कपाल झर्ने समस्या धेरैलाई हुन्छ । कहिलेकाहीँ मौसम परिवर्तन, कडा पानीको प्रयोग, रासायनिक पदार्थ टाउकोमा लगाउने वा कपालको उचित हेरचाह नगर्दा कपाल झर्न थाल्छ । तर, कपाल झर्नुको प्रमुख कारण शरीरमा पोषक तत्वको कमी हुनु पनि हो । यदि तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जसको शरीरमा पोषणको कमीका कारण कपाल झर्न सुरु भएको छ भने डाइटिशियनहरूले दिएको रेसिपी तपाईका लागि निकै उपयोगी हुन सक्छ । जस्तो कि, दैनिक दहीको सेवनले कपाल झर्ने कम गर्न सकिन्छ र कपाल बढ्न थाल्छ। तपाईंले द...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे बस्ने कार्यसूची छ । मंगलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ । यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन...

शेरखरको चुनौतीः प्रधानमन्त्रीले जे- जे गरे बोले पनि कांग्रेसले छुट दिने अनि मलाई के-को कारबाही ?

शेरखरको चुनौतीः प्रधानमन्त्रीले जे- जे गरे बोले पनि कांग्रेसले छुट दिने अनि मलाई के-को कारबाही ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि र अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । आज (मंगलबार) विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठकमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेता कोइरालाले प्रधानमन्त्री ओलीले जे–जे गर्दै गएपनि कांग्रेसले छुट दिँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे ...

युवा संघको मतदान सकियो, गणना सुरु, आजै नतिजा आउने

युवा संघको मतदान सकियो, गणना सुरु, आजै नतिजा आउने
काठमाडौं । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ । नेकपा एमाले युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान १३ जेठमा पोखरा सम्पन्न भयो । अध्यक्ष पदका प्रतिस्पर्धी क्षितिज थेबे र सुमन पुरी प्यानलसहित उत्रिएका छन् । मतदानको ३ घण्टामा नतिजा आउने सक्ने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मत...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com