FlashNepal
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026

बीपी राजमार्ग अन्तरगत काभ्रेको रोशी क्षेत्रमा बुधबार रातिदेखि चार ठाउँमा अवरुद्ध सडक खुलाइएको छ । रातिदेखि परेको अविरल बर्षाको कारण रोशी गाउँपालिका-९ को पिल्थलीबेशी र बिरुवाडाँडा, रोशी ११ को कालढुंगामा रहेको खहरेखोलामा आएको लेदोको कारण तथा  रोशी १२ माम्तीमा सडक माथिबाट आएको सुख्खा पहिरोले सडक अवरुद्ध गरेको थियो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इश्वर कार्कीका अनुसार अहिले चारै स्थानको अवरोध बिहान ७ बजेदेखि हटेको छ ।  बाटो पूर्ण रुपमा सञ्चालनमा आएको कार्कीको भनाइ छ । वर्षा भइरहेकोले रोशी खोलाको सतह बढ्दै गएकोले सचेत भएर सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com