FlashNepal
शुक्रबार, जेठ ०८, २०८३  |  May 22, 2026

काठमाडौं, ११ साउन । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको विरूवा रोपण गरेका थिए ।

सो अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह–प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् ।

सो अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरू, आलुबखडा,अनार, नासपाती, एभोकाडो लगायतका १ सय ४० थान विरूवा रोपण गरिएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com