FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

रसुवा, २४ असार । चीनतर्फबाट आएको बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । ‘

आज बिहान आएको बाढीमा परी १५ जना बेपत्ता भएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना ड्राइभर रहेका छन् ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड)मा राखिएका गाडी बगाएको छ ।​

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com