FlashNepal
शनिबार, साउन ०९, २०८३  |  July 25, 2026

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० मा सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

निबुवाटोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू खेल्ने क्रममा मंगलबार साँझ स्थानीय हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका थिए ।

उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । तर चिकित्सकले सवा ८ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com