FlashNepal
सोमबार, आश्विन १२, २०८३  |  September 28, 2026

काठमाडौं । मनसुन देशभर फैलिएको छ । नेपाल प्रवेश गरेको मनसुन २३ दिनमा देशभर फैलिएको हो । जेठ १५ गते राति कोसी प्रदेशमा प्रवेश गरेको मनसुन आज सुदूरपश्चिसम्म पुगेको हो ।

“नेपालमा यस वर्षको मनसुन मिति जेठ १५ गते देशको पूर्वी भू–भागबाट प्रवेश गरी कोसी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको थियो,” जल तथा मौसम विज्ञान विभागले भनेको छ, “जेठ २९ गते मधेस, वाग्मती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागसम्म विस्तार भएको थियो ।”

विभागका अनुसार नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भूभागबाट प्रवेश गरी एक हप्ताभित्र विस्तार हुने जनाएको छ । यसवर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो । देशैभर मनसुन विस्तार हुन यसवर्ष २३ दिन लागेको विभागले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com