FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षाका कारण आएको बाढीपहिरोले केही प्रमुख राजमार्गहरूमा अझै पनि अवरोध रहेको नेपाल प्रहरीले जनाएको छ । यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे पूर्ण जानकारी लिन र विशेष सावधानी अपनाउन आग्रह पनि गरिएको छ ।

काठमाडौं उपत्यका

ललितपुरः बागमती गाउँपालिका वडा नं. ०३ छपेलीस्थित कान्तिलोक पथ सडक पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध छ।

कोशी प्रदेश

धनकुटाः साँगुरीगढी नगरपालिका वडा नं. ५, रवि डाँडा भेडेटार सडक पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन मा रहेको छ।

बागमती प्रदेश

सिन्धुपाल्चोकः भोटेकोशी गाउँपालिकाका वडा नं. २ कोदारी, वडा नं। ३ लाचोक र वडा नं। २ कोपलाङमा अरनिको राजमार्ग पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी प्रदेश

नवलपरासी बर्दघाट सुस्ता पूर्वः बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ५, बिनयी पाल्पा खोला नजिक पूर्व(पश्चिम राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

लुम्बिनी प्रदेश

गुल्मीः कालिगण्डकी गाउँपालिका वडा नं. ६, बर्लेवास्थित कालिगण्डकी करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

कर्णाली प्रदेश

जुम्लाः सिन्जा गाउँपालिका वडा नं. २, लुलेगाउँस्थित जुम्ला मुगु सडक खण्ड पहिरोले गर्दा एकतर्फी रूपमा सञ्चालन मा छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com