FlashNepal
बिहिबार, साउन १४, २०८३  |  July 30, 2026

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा आज तीन दलका शीर्ष नेताहरूबीच भएको छलफल बिना सहमति सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

करिब २ घण्टा चलेको छलफलमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत राखेपछि सहमति जुट्न नसकेको हो  भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरूद्व गर्दै आएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com