FlashNepal
शनिबार, साउन ०९, २०८३  |  July 25, 2026

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित अधिकृत महिमानसिंह विष्टलाई थुनामै राख्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उच्च अदालतमा निवेदन दिएका छन् ।

चौधरीले आज उच्च अदालत पाटनमा निवेदन दिएका हुन् । गत बैशाख १७ गते विष्टले चौधरीलाई पक्राउ गरी थुनामा राख्न पत्र लेखेका थिए । जसअनुसार रेशमलाई पक्राउ गरिएको थियो । तर विष्टले अनधिकृत पत्र लेखेको पुष्टि भएसँगै उनलाई तुरून्तै रिहा गरिएको थियो ।

त्यसपछि विष्ट आफैँ पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्तेमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौँले गत जेठ ५ गते एक लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com